सुलभ डिपार्टमेन्टल स्टोर्समा उपहार योजना, किचनका ठुला सामग्री पनि थप

पाेखरा | असोज २७, २०८२

सुलभ डिपार्टमेन्टल स्टोर्समा उपहार योजना, किचनका ठुला सामग्री पनि थप

पोखरा:   पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । दशै र तिहारलाई लक्ष्त गरे ल्याएका योजनामा १ हजारको खरिदमा एउटा कुपन पाइने छ ।


लक्की ड्र मार्फत विजेताले प्रथम पुरस्कार इलेक्टिक स्कुटर, दोस्रो पुरस्कार माउन्टेन साइकल र तेस्रो पुरस्कार डिस्पेन्सर पाउने छन् । अन्य १२ जनालाई सान्तोना पुरस्कार प्रदान गरिने डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए ।


१७ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेन्ट र दैनिक आवश्यक पर्ने घरयासी सामग्रीहरुको सुलभ मूल्यमा बिक्री गर्दै आएको छ । अघिल्लो वर्षहरुमा पनि स्टोरले उपहार योजना चलाउदै आएको थियो ।


सुलभ डिपार्टमेन्टल स्टोर्समा होटल, रेष्टुरेण्ट र घरयासी प्रयोगमा आउन किचनका भाँडाहरु थप गरेको छ । करिब २ करोडका लागतमा होटल, रेष्टुरेन्ट, क्याफे र होमस्टेका किचनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा र उपकरण उपलब्ध गराउने लक्ष्य स्टोरमा थप लगानी गरेको सहकारीका अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।


उनले पोखरामा थपिदै गएका होटल तथा रेष्टुरेण्टका लागि आवश्यक किचनका सम्पूर्ण सामग्री सहज रूपमा पाउन सकिने बताए । पहिलो काठमाडौं धाउनु पर्ने भएपछि अब भने सबै स्टोरमा नै पाइने उनको भनाई छ ।


उनका अनुसार स्टोरमा होटल तथा रेष्टुरेण्ट सञ्चालनका लागि चाहिने बुफे सेट, स्टेनलेस स्टिलका भाँडा, प्यान, कुकर, ट्रे, फ्राइप्यान, सूप प्यान, चपिंग बोर्ड, चाकू, चम्चा, स्प्याचुला, टोंग, जार, बाउल, प्लेट, ग्लास, कप, ग्यास चुल्हो, ओभन, डीप फ्रायर, मिक्सर ग्राइन्डर, ब्लेन्डर, फूड प्रोसेसर, डिश–र्याक, वाटर फिल्टर लगायतका साना देखी ठुला सम्म सबै भाँडाकुँडा उपलब्ध रहेको बताए ।


स्टोरले ग्राहकको मागअनुसार अर्डर लिने र होम डेलिभरीको समेत व्यवस्था रहेको व्यवस्थापक बरालले बताए । साना भाडा पहिले पनि पाइने भएपनि अहिले होटल र रेष्टुरेण्टका लागि आवश्यक सामग्री थप गर्दै गएको उनको भनाई छ ।  

बैतडीः  आसन्न निर्वाचनलाई  मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...

थप पढ्नुहोस्

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्